काठमाडौं-१६ मा रास्वपाको उदय


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठले २ हजार ९०२ मत पाउँदै विजयी भएकी हुन । दोस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे ।
कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २१४ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ९२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्याम कृष्ण श्रेष्ठले ७७४ मत पाएका छन् ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्षमा विजयी मुकुन्द रिजालको मृत्यु भएपछि काठमाडौं-१६ मा उपनिर्वाचन भएको हो । ०७९ को निर्वाचनमा रिजाल ४ हजार १८ मतसहित विजयी भएका थिए । त्यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार १ सय १० मत ल्याएका थिए ।