जोरपाटीमा टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १३५ औं शृङ्खला सम्पन्न


काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटीमा तराना महिला विकास समिति,तराना कला केन्द्रको सक्रियतामा शुभ बिहानी महिला समूहको सहकार्यमा “वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दर सफा हरित नगर हाम्रो पहिचान”भन्ने मुल नाराकासाथ शनिबार टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १३५ औं शृङ्खला सम्पन्न भएको छ ।
अभियानकी संयोजक एवं अभियन्ता वसन्ती लामाको नेतृत्वमा आयोजित उक्त अभियानमा तराना महिला विकास समिति, तराना कला केन्द्र, शुभ बिहानी महिला समूहका सदस्यहरु,शुभ बिहानी महिला समूहकी अध्यक्ष गंगा खतिवडा, अभियन्ताहरु संगिता नेपाल,दिना सुवेदी, कृष्णा डंगोल, सानुमाया डंगोल, बिनिता श्रेष्ठ, सन्तोषी बानियाँ लगायतका अभियन्ताहरु, स्थानीय वासिन्दाहरु, मडगाल टोल निर्माण समिति, नवज्योती टोल सुधार समिति, प्रगति टोल समिति, डोलेगाल समुहका अध्यक्षहरु,प्रतिनिधिहरुको सहभागितामा जनचेतनामूलक कार्यक्रम समेत गरेका छन् ।