नालामा माण्डव्य गोत्रीहरूको शुभकामना र सांस्कृतिक कार्यक्रम

नाला । माण्डव्य बजगाई प्रतिष्ठान काभ्रेपलाञ्चोकले आयोजनामा शुभदिपावली, छठ, नेपाल संवत ११४५ लगायत चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सँगै बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी दिएका छन् ।

 

काग तिहारको दिन माण्डव्य बजगाईहरुको दोश्रो उद्गम स्थल बनेपा–३, काशीभञ्ज्याङ नालामा आयोजित कार्यक्रममा माण्डव्य गोत्रियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

 

प्रतिष्ठानको जिल्ला अध्यक्ष होमनाथ बजगाईको अध्यक्षता र केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय महासचिव मीन प्रसाद अधिकारी बजगाई, संस्थापक कोषाध्यक्ष एवं केन्द्रिय सल्लाहकार मोहन बिनोद बजगाई, केन्द्रिय सदस्य राजानन्द माण्डव्य, समाजसेवी कमल बजार अछामका अगस्थ अधिकारी बजगाई, बिधुत प्राधिकरणका अधिकृत चन्द्रप्रसाद अधिकारी बजगाई, राष्ट्रिय सहकारी बैकका संचालक रामहरी बजगाईको उपस्बाथिति रहेको थियो ।

त्यस्तै बागमती गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष होम प्रसाद बजगाई, माण्डब्य बजगाई प्रतिष्ठान काभ्रेका सल्लाहकारहरू संचारकर्मी नवराज बजगाई, लोकनाथ बजगाई, कृष्णबुद्ध बजगाई, भुवन बजगाई, उदय बहादुर के.सी. बजगाई, माण्डब्य स्वामी, वनेपा नगरपालिका कार्यपालिका सदस्य एवं ३ का वडा सदस्य सुभद्रा बजगाई, वडा सदस्य मुकुन्द बजगाई, मण्डनदेउपुर–४, का वडा सदस्य नन्दप्रसाद बजगाई, बेथानचोक–३, का वडा सदस्य बलराम बजगाई, सेभेन सिजका संचालक बिप्लब बजगाई, फोटोसुट नेपालका प्रमुख सुमन बजगाई, बनेपा ३ काक्रेका अग्रज टंकनाथ बजगाई, समाजसेवी गोकूल बजगाई, पूर्व उपसचिव मुरली प्रसाद शर्मा बजगाई, लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा उपाध्यक्ष नमराज बजगाईले स्वागत मन्तव्य, सचिव कुल प्रसाद बजगाईले सञ्चालन र कोषाध्यक्ष अर्जुन बजगाईको समन्वयमा भएको कार्यक्रममा श्री चामुण्डा धार्मिक तथा सांस्कृतिक संरक्षण मंचका अध्यक्ष रमेश कुमार श्रेष्ठ र उपाध्यक्ष उद्धब बजगाई लगायत समुहको खैजेडी भजन तथा देउसी भैलो कार्यक्रम प्रस्तुती गरेका थिए ।

 

कार्यक्रममा कलाकारहरु रामहरी न्यौपाने, कमल दाहाल, असिम कुमार कटवाल, कल्पना पराजुली, निरूता खत्री बजगाई, कबिता बजगाई लगायतले आ-आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन गराएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *