टिकटकमा गेम खेल्न मिल्ने सुविधा थप
काभ्रे पोष्ट
२०७९ जेठ ८ गते ११:५३
काठमाडौं । मासिक १ अर्ब भन्दा ज्यादा सक्रिय प्रयोगकर्ता रहेको सामाजिक सञ्जाले टिकटकले नयाँ सुविधा थपेको छ ।
जसअन्तर्गत टिकटकले आफ्नो प्लेटफर्ममा विभिन्न अनलाइन गेमहरूको परीक्षण गरिरहेको छ ।
हाल भियतनामका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले विभिन्न गेमहरूको परीक्षण गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले दक्षिणपूर्वी एसियामा गेमिङलाई अझ व्यापक रूपमा सार्वजनिक गर्ने योजना बनाएको छ । जुन छिट्टै सार्वजनिक हुनेछ ।
यस विषयमा कम्पनीले जानकारी नदिएपनि गेम सार्वजनिक गर्न लागेको विवरण बाहिरिएको छ ।
प्रतिक्रिया
ताजा खबर