समन्वयकारी भूमिका खेल्नमा कन्जुस्याई गर्दिनः जिसस प्रमुख गौतम

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले पत्रकारसँग अन्तरक्रिया तथा छलफल कार्यक्र सम्पन्न गरेको छ । जिल्लामा रहेका क्रियाशी सञ्चारकर्मीहरुबाट जिसस काभ्रेले सल्लाह सुझाव लिएको हो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले सबैको साझा भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख गौतमले आफू निर्वाचित भएर आएपछि आफ्नो कार्ययोजनामै जिल्लाका सञ्चारकर्मीसँग पहिलो अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

गौतमले छलफलमा पत्रकारहरुको सल्लाह, सुझाव गुनासोहरु सुन्नु भएको थियो । गौतमले अबको पाँच बर्षे आफ्नो कार्यकालमा कसैलाई पूर्वाग्रह नराखी जनताको काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गौतमले आफुले नीतिगत रुपमा पाएका अधिकारहरुलाई कार्यान्वयन गर्न दिन रात खट्ने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा आमुल परिवर्तनको लागि दलहरु सडकमा उत्रदै गर्दा हजारौ नेता कार्यकर्तालाई प्रहरीले लाठी बजार्दै गर्दा सञ्चारकर्मीहरुले कुनै प्रवाह नगरीकन समाचार सम्प्रेषणमा लागिरहेको र राज्य व्यवस्थाका हरेक परिस्थितिलाई जनता समक्षा पुऱ्याउन मद्दत गरेको बताउनुभयो । गौतमले आजको अवस्था आउनमा सञ्चारकर्मीहरुको ठुलो योगदान रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.