लम्पी स्किन मानिसमा नसर्ने रोग हो: रामसुन्दर सापकोटा पशु शाखा प्रमुख, बनेपा नगरपालिका

बनेपा, काभ्रेपलाञ्चोक ।

लम्पी स्किन संक्रमित पशुबाट पशुमा सर्ने तर मानिसमा नसर्ने रोग भएको बनेपा नगरपालिका पशु शाखा प्रमुख रामसुन्दर सापकोटाले बताउनुभएको छ ।

२०७७ सालबाट सुरु भएको लम्पी स्किनबाट पशु चौपायाहरु प्रताडित भइरहदा किसानहरु हल्ला र महामारीको दोहोरो मारमा परेको पशु शाखा प्रमुख सापकोटा बताउनुहुन्छ ।
लम्पी स्किन संक्रमित पशुबाट पशुमा सर्ने तर मानिसमा नसर्ने हुँदा ढुक्कसँग दुधको उपभोग गर्न सकिने दाबी गर्नुभयो ।

संक्रमित पशुबाट दुध उत्पादन शुन्यप्राय हुन्छ, उहाँले भन्नुभयो, ‘भ्रममा नपरी ढुक्कसँग दुध उपयोग गर्न गर्नुहोस् ।’ बनेपा र पनौती र आसपासको तथ्याङ्कलाई हेर्दा चौपायामा गाई बढी संक्रमित भएको पाइएको छ ।

दुध घटेसँगै संक्रमित पशुलाई ज्वरो आउने, शरीरमा स–साना डाबर आउने गिर्खा आउने, खुट्टा सुन्निने, ह्याकुल्ला सुन्निने, जीर्ण हुने लगायतका समस्या देखिने र २–३ % पशुको मृत्यु हुने शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

बनेपा नगरपालिकामा ६ हजार भन्दा धेरै चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको कुरा कार्यक्रममा जानकारी दिइयो । लम्पी स्किन बनेपा पनौतीमा १÷१ वटामा देखिएकाले भैंसीलाई खोप नलगाइएको बताउनुभयो ।

भ्रममा नपरी ढुक्कसँग उपयोग गर्न सकिने सापकोटाले प्रष्ट्याउनुभएको छ । आम मानिस हल्लामा लाग्दा उत्पादक किसानहरुको आर्थिक अवस्था डामाडोल पर्ने स्थिति हुनसक्ने बताउँदै शंका नमानिकन दुध उपयोग गर्न सकिने बताउनुभयो ।

लम्पी स्किन संक्रमित पशुबाट पशुमा सर्ने तर मानिसमा नसर्ने हुँदा ढुक्क भएको दुधको उपभोग गर्न सकिने दाबी गर्नुभयो ।

यो पनि पढ्नुहोस् : जोखिममा सञ्चारको महत्व सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न

मलमा कालो बजारी गर्नेलाई कारबाही गर्छौं : जिसस प्रमुख गौतम

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.