उमा श्रेष्ठको तीज गीत ‘पापाकी परी’ सार्वजनिक

काठमाडौं । गायिका उमा श्रेष्ठको तीज लक्षित गीत ‘पापाकी परी’ सार्वजनिक भएको छ । श्री राम छेत्रीको संगीत एवं शब्दमा रचनामा बहने गीतमा उमासँगै कोरस गायनमा अमृत खाती र नरेन्द्र वियोगीले साथ दिएका छन् । गीतको अडियो मारुनी स्टुडियोमा तयार गरिएको गायिका श्रेष्ठले जानकारी दिइन् ।

वैशालु युवतीको भावनालाई सम्बोधन गरेर तय गरिएको गीतको भिडिओमा रुबिना अधिकारी, जोन बम, विनोद सेवान र अनिल परियारले अभिनय गरेका छन् । विक्रम चौहानको निर्देशन र कोरियोग्राफीमा तयार गरिएको भिडियोलाई प्रकाश खड्का, प्रशान्त केसी र टिमले खिचेको हो ।

भिडिओ बि स्टार फिल्म्समा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । ‘उमा श्रेष्ठ’ आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतलाई समाचार तयार पार्दासम्म १९ हजार भन्दा धेरै दर्शक स्रोतको माया मिलेको छ ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस वा Uma Shrestha आधिकारिक युट्युव च्यानलमा जानुहोस्ः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.