पोखराको थकाली स्वाद अब बनेपामै

बनेपा । पोखराको मोनालिसा थकाली खानाको स्वाद अब काभ्रेको बनेपाबाटै पाइने भएको छ । थकाली खानाको लागि बनेपा नयाँ तरकारी बजारमा ‘अतिथि थकाली किचेन’ संचालनमा आउन लागेको हो।

उत्कृष्ट सजावटकाबिच स्थापित होटलमा सुलभ दरमा गुणस्तरिय खानेकुरा सर्भ गरिने जनाइएको छ।

स्वस्थ खाना परिवारको साथ भन्ने विषयलाई मध्यनजर गर्दै खाना घर सञ्चालनमा ल्याउन लागिएको अतिथी थकाली किचेनका प्रोपाईटर राज घिमिरेले बताए ।

अतिथि थकाली किचेनमा ग्राहकलाई स्वस्थकर खाना, खाजा सौहार्दपूर्ण वातावरणमा उपलब्ध गराइने प्रोपाइटर घिमिरे बताउछन् ।

होटल यही भाद्र ७ गतेबाट शुभारम्भ हुँदैछ । शुभारम्भको अवसरमा खानेकुरामा २०% र पेय पदार्थमा १५ % छुट दिइने घिमिरेले जानकारी दिए ।

३ युवा व्यवसायीको लगानी रहेको होटल बनेपा राष्ट्रिय वाणिज्य बैंकको पारिपट्टि नयाँ तरकारी बजारमा रहेको छ।

होटलका प्रोपाइटर घिमिरेले आफ्नो मोनालिसा थकाली होटलको ८ वर्षे व्यवस्थापकीय अनुभवलाई भरपुर प्रयोग गरि उत्कृष्ट सेवा प्रदान गर्ने बताएका छन् ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.