सडकको मापदण्डविपरीत संरचना नबनाउन पाँचखालको निर्देशन

पाँचखाल । पाँचखाल नगरपालिकाले सडकको मापदण्डभित्र कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ । नगरपालिकाले अरनिको राजमार्गको दायाँ र बायाँ २५/२५ मिटर भित्रमा कुनै अस्थायी वा स्थायी रुपले नयाँ घर टहरा लगायत संरचनाहरु निर्माण गर्न रोक लगाएको हो ।

पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार गत साउन २२ गते अघिसम्म बनिसकेका संरचनाहरुको सम्बन्धमा सम्बन्धित सरोकारवाला निकाय, व्यक्तिहरुसँग छलफल गरि समस्याको दीर्घकालीन समाधान खोजिने बताउनुभयो ।

नगरपालिकाले समस्याको दीर्घकालीन समाधान खोज्ने र मापदण्ड कार्यान्वयनको लागि नियमित अनुगमन, निरिक्षण, नियमन गर्ने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार कार्यपालिका बोर्ड बैठकले नै सडक मापदण्डभित्र कुनै पनि संरचना बनाउन नपाइने निर्णय गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.