मुन थकालीको ‘कदम कदम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक, संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीति भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामाको अभिनय रहेको छ । हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ।

नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन एवं सम्पादन पनि नितेश लामाले नै गरेका हुन्। जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृष्ट बनेको छ।

भिडियो मुन थकालीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

पूरा गीत हेर्न तलको प्ले बटनमा थिच्नुहोस् : वा गायकको आधिकारिक च्यानलमा जानुहोस् 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.