सूचनाको हकको प्रभावकारी अभ्यास र कार्यान्वयनबारे विवेकशील साझाको अभिमुखीकरण
काभ्रे पोष्ट
२०८० पुष ७ गते ९:३७
काठमाडौं । विवेकशील साझा पार्टीले सूचनाको हकको प्रभावकारी अभ्यास र कार्यान्वयनबारे अभिमुखीकरण सम्पन्न गरेको छ।
पार्टीको संघीय प्रशिक्षण विभागले गरेको अभिमुखीकरणमा तारानाथ दाहाल लगायतले बिहीबार प्रशिक्षण दिएका थिए।
पार्टी पदाधिकारीसहित ३० जना अभिमुखीकरणमा सहभागी भएका थिए ।
सूचनाको हकलाई कार्यान्वयन गरी सुशासन कायम गर्न ‘आरटिआई’ तालीम उपयुक्त औजार भएकोले पार्टीले ‘सूचनाको हक अभ्यास अभियान’ नै सुरू गर्न लागेको दलले जनाएको छ ।
प्रतिक्रिया
ताजा खबर