एमाले जिल्ला अधिबेशनको तयारी पूरा

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशन भोलिदेखि धुलिखेलमा सुरु हुँदैछ । अधिवेशनको भव्य तयारी पूरा भई सकेको बताइएको छ । नेकपा एमाले केन्द्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन हुन लागेको हो । उद्घाटन सत्रमा केन्द्रिय अध्यक्ष ओली, सचिवालय सदस्यहरु, स्थायी कमिटी सदस्य, पोलिटब्युरो तथा केन्द्रिय सदस्यहरु लगायतले सम्बोधन गर्नेछन् ।

२९ गते धुलिखेल नगरपालिकाको सभा हलमा बन्द सत्र आयोजना हुने बताइएको छ । जसमा ७ सय ५० भन्दा धेरै प्रतिनिधीहरु सहभागि हुनेछन् । पार्टीको सांगठनिक, आर्थिक तथा राजनीतिक प्रतिवेदनमा छलफल पछि नेतृत्व चयन प्रकृया शुरु हुनेछ । दशौँ अधिवेशन जस्तै एघारौँ अधिबेशनमा पनि नेकपा एमालेले हाईटेक शैली मार्फत नेतृत्व चयनको सहज प्रकृया आरम्भ गर्ने जानकारी दिएको छ । अधिबेशनमा सहभागि हुने प्रतिनिधिहरुको चयन प्रकृया सकिएको छ । केहि प्रतिनिधी मनोनित समेत हुनेछन् ।

अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन भइसकेको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन धुलिखेल नगर कमिटीले गर्नेछ ।

अधिबेशनले नेतृत्व चयनसँगै जिल्लाको विकास निर्माण र समृद्धीको योजना समेत निर्माण गर्नेछ । जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसर भएको एमाले काभ्रेको ठम्याई छ । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.