१३ पालिकालाई संघीय सरकारको ५ अर्ब ३४ करोड

धुलिखेल । संघीय सरकारले आर्थिक वर्ष २०८१/२०८२ का लागि समानीकरण, सर्शत, विशेष र समपुरक अनुदानमा जिल्लाका १३ स्थानीय तहलाई चालु र पूँजीगत गरि कुल ५ अर्ब ३४ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लाको ६ नगरपालिकाका लागि २ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र गाउँपालिकाहरुका लागि २ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेको छ । समानीकरण तर्फ न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान उपलब्ध गराईएको छ । सर्शत अनुदानमा चालु र पुँजीगत प्रकृति, विशेष अनुदानमा चालु र पुँजीगत, समपुरकमा पुँजीगत अनुदान उपलब्ध गराईएको छ ।

संघीय सरकारले बनेपा नगरपालिकालाई ५८ करोड ५१ लाख, पनौती नगरपालिका ५१ करोड ६८ लाख, मण्डनदेउपुर नगरपालिका ४७ करोड ९४ लाख, धुलिखेल नगरपालिका ४५ करोड ८५ लाख, पाँचखाल नगरपालिका ४४ करोड ३७ लाख, नमोबुद्ध नगरपालिका ४३ करोड ८३ लाख रुपैयाँ बजेट विभिन्न अनुदानको रुपमा उपलब्ध गराएको हो ।

त्यस्तै चौरीदेउराली गाउँपालिकालाई ४२ करोड ४५ लाख, रोशी गाउँपालिका ४२ करोड ३२ लाख, बेथानचोक गाउँपालिका ३३ करोड ७५ लाख, तेमाल गाउँपालिका ३३ करोड ३८ लाख, भुम्लु गाउँपालिका ३२ करोड ३१ लाख, महाभारत गाउँपालिका ३१ करोड ८२ लाख, खानीखोला गाउँपालिका २५ करोड ६३ लाख रुपैयाँ बजेट विभिन्न अनुदानको रुपमा बिनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.