११ जनाको नागरिकता रद्द

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको जनाएको छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालयबाट नक्कली ठेगाना राखेर नागरिकता लिएका चिरञ्जीवी दुलाल, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, श्याम भण्डारी, गोविन्द भट्टराई, पासाङ तामाङ, निमा तामाङ, रञ्जिता थापा, राजु गुरुङ्ग, सिता पापाने, तेन्जिङ सोनाम तामाङको नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालका तत्कालीन अधिकृत झपेन्द्रराज खरेल तथा नासु रामचन्द्र अर्याल भएको बेला नागरिकता जारी गरिएको थियो । माथिका ११ जना नागरिकता एकैवर्ष जारी भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अधिकृत खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परेपनि उच्च अदालत पाटनबाट धरौटीमा छाड्ने आदेश भएको थियो । त्यस्तै अर्याललाई पनि धरौटीमा छाड्ने आदेश भइसकेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार रद्द गरिएका नागरिकताको कागजात कार्यालयमा केही छैन । अन्य थुप्रै नागरिकता पनि किर्ते कागजात तयार गरि लिइएको अनुसन्धानबाट देखिएको छ । त्यस्ता नक्कली नागरिकताको थप अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए । वि.सं. २०७३।७४ सालमा यी नागरिकताहरु वितरण भएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.