एसईई कप फुटसल २०८१ हुँदै

बनेपा । काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोलको आयोजनामा एसईई कप फुटसल प्रतियोगिता -२०८१ हुने भएको छ ।

काभ्रे जिल्ला व्यापी खेलको आयोजनाबाट विद्यार्थीलाई अनुशासन, समूह कार्य र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने आयोजक विद्यालयका प्राचार्य कुमार मानन्धरले बताउनुभयो ।

आयोजकका अनुसार प्रतियोगिता यही असार ८ गते शनिबार श्रीखण्डपुर स्थित एस.आर. फुटसलमा हुनेछ । फुटसलमा सहभागिता जनाउनका लागि १६ टिमले दर्ता गरिसकेका विद्यालयका सह-प्राचार्य विकास श्रेष्ठले जानकारी दिनुभयो । खेल बिहानको १० :०० बजेबाट सुरुआत हुने बताइएको छ ।

फुटसलमा उत्कृष्ट खेलाडीहरूले मेडल, ट्रफी, प्रमाणपत्रसहितको सम्मान प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

 

कुनकुन टिमबिच हुनेछ प्रतिस्पर्धा?

फुटसल खेलमा पहिलो पुल ए र बि पुल छुट्याइएको छ । पुल ए अन्तर्गत पहिलो खेल बनेपाको विद्यासागर मावि र बनेपाको ज्योति एकेडेमी बिच हुनेछ । दोस्रो खेल ज्ञान सरोबर मावि र शिक्षा सदनबिच हुनेछ । त्यस्तै तेस्रो खेल ज्ञानज्योति र श्रीखण्डपुर माविबिच हुनेछ । चौथो खेल बिकटेश्वर मावि र आयोजक काभ्रे मावि बुडोलबिच हुनेछ ।

त्यस्तै पुल बि अन्तर्गत ५ औं खेल क्षितिज मावि बनेपा र काभ्रे मावि पनौतीबिच हुनेछ । ६औँ खेल समता मावि र प्रगति प्रभात माविबिच हुनेछ । त्यस्तै ७ औँ खेल धुलिखेल मावि र डिभाइन लाइट माविबिच हुनेछ । त्यस्तै आठौं खेल सञ्जीवनी मा.वि. र आदर्श विद्या मन्दिरबिच हुनेछ । जसबाट बिजयी टिमले अघिल्लो प्रतिस्पर्धामा खेल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.