काभ्रे माविद्वारा आयोजित एसईई कप फुटसल प्रतियोगिता सम्पन्न

बनेपा । काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोलको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो एसईई कप फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोमा क्रमश: प्रगती प्रभात माध्यमिक विद्यालय, काभ्रे माध्यमिक विद्यालय र ज्ञान सरोबर माध्यमिक बिद्यालय भएका छन् । प्रतियोगितामा बेष्ट प्लेयर काभ्रे माध्यमिक विद्यालयका आशिक थापा भएका छन् भने हाईस्कोर प्रगती प्रभात माध्यमिक विद्यालयका सविन अधिकारीले पाएका छन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले वितरण गरेका थिए ।

प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी १६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा काभ्रे माध्यमिक विद्यालयका प्राचार्य कुमार मानन्धरले खेलकुदले विद्यार्थीहरुको अनुशासन, नेतृत्व, क्षमता विकास, साथीभाईहरुविच सम्बन्ध प्रगाढ बन्ने विश्वास रहेको बताए ।

खेलले स्वस्थ रहनुका साथै अनुशासनमा पनि राख्ने भएकाले विद्यालयले समय समयमा अन्तर विद्यालय स्तरीय विभिन्न खेलहरुको आयोजना गर्दै आएको प्राचार्य मानन्धरले बताए । विद्यार्थीहरुलाई पढाईसगै उनीहरुको क्षमता, नेतृत्व विकासका लागी विभिन्न कृयाकलापहरु विद्यालयले सञ्चालन गर्दे आएको मानन्धरले बताए ।

कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपलद्धय विकास श्रेष्ठ, केशब श्रेष्ठ, कार्यक्रम संयोजक डम्बर दाहाल लगायतले प्रतियोगिताका विषयमा बोलेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका अंग्रजी विभाग संयोजक उद्धबप्रसाद लुईटेलले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.