सुशिला पोख्रेलको ‘ए निष्ठुरी’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी एवं गायिका सुशिला पोखरेल चौलागाईंको ‘ए निष्ठुरी’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको लय शब्द गायिका सुशिलाकै रहेको छ । गीतलाई गायिका सुशिला पोखरेल चौलागाईं र रामहरि भण्डारीले स्वरबद्ध गरेका छन् ।

गीत आरजिबी स्टुडियोमा रेकर्ड गरिएको हो । वियोगात्मक शब्द बोल्ने गीतमा छुटेका प्रेमीको पुरानो प्रेम कथालाई सम्झदै गरेको भाव पस्कने जमर्को गरिएको छ ।

गीतको भिडियोमा सुवाश थापा र मिरा चौलागाईंको अभिनय रहेको छ । बैकुण्ठ घिमिरेको निर्देशनमा तयार भएको भिडियोलाई सन्तोष तिमल्सिनाले छायाँकन गरेका हुन् ।

भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् । भिडियो आरबी इन्टरटेनमेण्टको पोष्ट प्रडक्सनमा तयार भएको हो । गीत सुशिला पोखरेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

गीतको भिडियो हेर्न तलको युट्युब प्ले बटन वा सुशिला पोखरेल अफिसियल युट्युब च्यानल सर्च गर्नुहोस्ः

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.