वागमती सफाइ महाअभियानको ५८० औं शृङ्खला पूरा   

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार निरन्तर संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार ललितपुर युएन पार्कमा वाग्मती नदि आसपासमा सरसफाइ गरि ५८० औं शृङ्खला पुरा गरेको छ ।

वाग्मती सफाइ महाअभियानका अभियन्ता किशोरसिंह शाहीले उक्त महाअभियानमा Nepal River Conservation Trust,Friends Club Kupondol,कुपण्डोल दिदिबहिनी महिला समूहको अगुवाईमा गितकार , रचनाकार, कवि, साहित्यकार विश्व बल्लभ, यु एन पार्क जीवन विज्ञान समूह, फ्युचर्स लिडर्सका समूह, ललितपुर महानगरपालिका वडा नं.१० का वडाध्यक्ष रविन व्यन्जनकार, फ्रेन्डस क्लब कुपण्डोल अध्यक्ष विश्वास विक्रम शाह, वडाबासी,एन आर सि टिका भोलेन्टियर्स सुमिक्षा खड्का, बिन्सा अधिकारी, अस्मिता लामिछाने, मेलिना घिमिरे, बिष्णु पौडेल, बिनिता कार्की, निकिता पाण्डे, कुपण्डोल दिदिबहिनी महिला समूह अध्यक्ष उषा थापा, उत्तिस एलिभेटरका सन्तोष खड्का, सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्रकुमार सुनुवार,के यु के एल, बानेश्वर महिला वातावरण प्रा.लि.,सुदुर पश्चिमका युवाहरू, फ्युचर्स लिडर्सका स्मारिका शाही, वाग्मती सफाइ महाअभियानका अभियन्ताहरुद्वारा ललितपुरको यु एन पार्क फलामे पुल वाग्मती नदिबाट २.५ मेट्रीक टन फोहोर संकलित गरि सो फोहोरको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.