भण्डारीको प्रमुख आतिथ्यतामा काभ्रेमा मनाइयो मदन जयन्ती

धुलिखेल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा मदन जयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा ७३ औं मदन जन्मजयन्ती मनाईएको हो ।

फाउण्डेशनकी संस्थापक अध्यक्ष एवं मदन भण्डारी पत्नी भण्डारीले धुलिखेल नगरपालिका –११ स्थित काभ्रे भन्ज्याङ्गमा धुलिखेल नगरपालिकाले निर्माण गरेको पुर्ण कदको मदन भण्डारीको शालिकमा माल्र्यापण गरिन् । माल्यार्पण पछि बृक्षारोपण लगत्तै धुलिखेल नगरपालिकाको सभा हलमा आयोजित जन्म जयन्ती समारोहलाई राजनीतिक यात्रा र मदनको रहस्यपूर्ण निधनले नेपाली जनता र पार्टीपंतिलाई पुगेको क्षतिको विषयमा खुलेर बोलेकी थिइन् ।

सभामा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, केन्द्रिय कमिटी सदस्य नविना लामा तथा एमाले काभ्रे जिल्ला कमिटीका निर्वतमान अध्यक्ष अशोक ब्याञ्जु, अध्यक्ष राजन भुर्तेललगायतका नेताहरुले सम्बोधन गर्दै मदन भण्डारी र उनको सम्झनाका साथै जनताको बहुदलिय जनवादका विषयमा धारणा बालेका थिए । कार्यक्रम फाउण्डेशनका अध्यक्ष कुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन विपिन लामाले गरेका थिए ।

२००८ असार १४ गते जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा कास्कीको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा रहस्यमय दुःखद निधन भएको थियो । हरेक वर्ष मदन जयन्तीको अवसरमा फाउण्डेशनले देशभर विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.