नमराज ढुंगानाको ‘असारको हिलो’ मौलिक लोकगीत सार्वजनिक (भिडियो सहित)

बनेपा । लोकप्रिय गायक नमराज ढुंगाना को मौलिक असारे गित ‘असारको हिलो’ सार्वजनिक भएको छ ।

गीतलाई गायक नमराज ढुंगाना र गायिका पार्वती कार्कीले स्वरबद्ध गरेका छन् । विष्णु तामाङको एरेन्जमा तयार भएको गीत रमेश श्रेष्ठको शब्दमा बगेको छ । गीतको रेकर्डिङ काठमाडौं स्थित शंकरा डिजिटल स्टुडियोमा गरिएको हो ।

मौलिक नेपाली समाजमा असारको समय धान रोप्दा गाइने मौलिक भाकासँगै चयन गरिएको गीतका शब्दले तन्नेरीको बालापनको स्मृतिलाई पस्किएको छ । बालसुलभ अवस्थाको प्रेमलाई सम्झदै एक अर्कालाई गाँउले परिवेश, वर्षा याम र धान रोपाईको परिवेशमा प्रस्तुति दिइएको छ ।

गीतको भिडियोतर्फ हिराकाजी सेन्चुरी, अनिता पौडेल, कुसुम दुलाल ‘सिम्रन’, राजेश ढकाल, शिवजी मिश्र, सरु गौतम, पशुपति दाहालको सुन्दर अभिनय गरेका छन् । मिलन श्रेष्ठको निर्देशनमा तयार भएको गीतमा शृंगार सिता क्षेत्रीको रहेको छ ।

विशाल गोंगबाले खिचेको गीतको भिडियो नुवाकोटमा छाँयांकन गरिएको हो । मिलन फिल्म्स प्रडक्सन प्रालिको पोष्ट प्रडक्सनमा तयार भएको गीतको भिडियो सम्पादन रोशन धितालले गरेका हुन् ।

नेपाली मौलिक समाज र धान रोपाईको यथार्थता पस्कने गीत मिलन फिल्म्स प्रडक्सनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीत संगीतको संरक्षण सम्बर्द्धनमा विशेष योगदान दिँदै आएका गायक एवं संगीतकर्मी नमराज ढुंगाना बिगतका बर्ष हरुमाझै यस बर्ष पनि नयाँ गित असारको हिजो बजारमा लिएर आएको बताएका छन् ।

आफ्नो मौलिक ता नमरोस र नयाँ पिढीले पनि मौलिक परम्परा सिकुन र आगामी दिनमा पनि अन्य कलाकर हरुले यस्ता गित संगीतलाई बजारमा ल्याउन प्रेरणा मिलोस भन्ने हेतुले गीत दर्शकश्रोतामाझ पस्केको संगीतकर्मी ढुंगानाको भनाई छ । प्रतेक बर्ष आफ्ना सिर्जना निरन्तर बजारमा ल्याइरहेको जानकारी समेत ढुंगानाले गराउनुभयो । ढुंगानाका बहुचर्चित लोक भाका एवं गीतहरूलाई दर्शक श्रोताको माया मिल्दै आएको छ ।

गीतको भिडियो हेर्नका लागिः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.