छिट्टै प्रशारणमा आउँदै टेलिचलचित्र ‘टुहुरी छोरी’ 

काठमाडौं । नेपाली कथानक टेली चलचित्र ‘टुहुरी छोरी’ प्रशारणमा आउने भएको छ । नयाँ विषयवस्तुका साथ टेलिचलचित्र निर्माण भएसँगै सार्वजनिक गर्न लागिएको हो ।

बदलिएको समय, अनुसन्धान र बन्धकी लघु चलचित्रको निर्देशन गरिसकेका कलाकार सुरेश दाहालले ‘टुहुरी छोरी’ सिरियल सुटिङसँगै प्राविधिक कामको अन्तिम चरणमा रहेको जानकारी दिए ।

ल्याङल्याङ, अल्लमल्ल, कुभिन्डो, मैन जस्ता सिरियल खेल्दा खेल्दै चर्चित टेलिसरियल सक्किगोनीमा समेत अभिनय गरिसकेका दाहालले हाल टुहुरी छोरी लेखन निर्देशन गरिरहेका छन्।

टुहुरी छोरीमा पल्पसा डंगोल ‘चमसुरी’, रामचन्द्र अधिकारी गोप्तेकाजी, सुरेश दाहाल, सुरेश तिमल्सिना, उपेन्द्र दाहाल रोशनी भण्डारी, रमा गदार थापा र सुशीला निरौला लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन् ।

आफ्नो तेस्रो लेखन तथा निर्देशनमा ‘टुहुरी छोरी’ निर्माण गरिएको लेखक तथा निर्देशक दाहालले बताएका छन् ।

फरक स्वादमा यस सिरियल छिट्टै नै युट्युबमा सार्वजनिक हुने समेत दाहालले जानकारी दिएका छन् । यस टेलिसरियलको निर्माता हाल कोरिया रहेका संगम शेर्पा र हाल इजरायल रहेका नितु लावती छन् ।

छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमगाईंको रहेको यस टेलिचलचित्रमा राज कार्कीको सम्पादन रहेको छ । व्यवस्थापन रमा गोदार थापा र उपेन्द्र दाहालको रहेको छ। सिरियलमा मेकअप रञ्जना दाहालको रहेको छ ।

चलचित्रको टाइटल गीतको शब्द र संगीत शिशिर भण्डारीको रहेको लेखक निर्देशक दाहालले जानकारी दिए । यस गीतमा रिजिना बस्नेत र गोविन्द चेम्जुङको स्वर रहेको छ ।

Suresh Dahal

ललितपुर महांकाल-६ का स्थायी वासिन्दा दाहालले आफूले विल्कुल फरक खालको सिरियल निर्माण गरेको र यसलाई निरन्तरता दिँदै जाने बताउँछन् ।

सिरियललाई छिट्टै नै युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने दाहालले जानकारी दिए । टेलिचलचित्र को ललितपुर गोदावरी नगरपालिका झरुवारासी लगायत आवश्यक स्थलहरूमा छायांकन गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.