अपाङ्गता तथा रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण

धुलिखेल । स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक)ले काभ्रेका २ स्थानीय तहमा सहकार्य परियोजना सञ्चालन गर्ने भएको छ । कार्यक्रम काभ्रेपलाञ्चोक जिल्ला दुई स्थानीय तह नमोबुद्ध नगरपलिका र रोशी गाउँपालिकामा सञ्चालन हुनेछ । कार्यक्रमको सुरुवाती चरणमा रिमरेकले काभ्रेपलाञ्चोक जिल्लाका सञ्चारकर्मीहरूलाई अपाङ्गता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम अन्तर्गत तालिम कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको मनोबल गिर्ने, असहज बनाउने र उनीहरूलाई समाजमा अरूसरह नमानिने परिपाटीको अन्त्य गर्नुपर्ने विषयमा अन्तर्क्रिया समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक)का कार्यकारी निर्देशक गोकुल गौतमले रिमरेक परियोजना २०५५ साउन महिनाबाट सुरु गरिएको जानकारी दिए । सरकारी तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्याको २ प्रतिशत ६ लाख भन्दा धेरै नागरिक अपाङ्ग रहेको गौतमले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रिमरेकका पूर्व उपाध्यक्ष मुधुसुदन गुराईले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानमा कसरी काम गर्न सकिन्छ बनेर ब्रेनस्टर्मिङ गर्न पर्ने बताए ।

कार्यक्रममा कानुन व्यवसायी एवं अपाङ्गता अधिकार अभियन्ता मुकुन्दहरि दाहालले प्रशिक्षण दिएका थिए । प्रशिक्षक दाहालले अपाङ्गता र अपाङ्गता अधिकार प्रवर्धन सम्बन्धमा पत्रकारको महत्वपूर्ण हुने र यस विषयमा पत्रकारले नीति निर्माण तहमै हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

रिमरेक काभ्रेका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, उपाध्यक्ष सुनिता सापकोटा लगायता काभ्रे जिल्लामा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।

काभ्रे जिल्लामा गैर सरकारी संस्था अन्तर्गत कार्य गरिरहको रिमरेक नेपाल सरकारको कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएर सञ्चालनमा छ । रिमरेकले हाल नेपालको शिक्षा, स्वास्थ्य, समावेशिता लगायतका क्षेत्रहरूमा अनुसन्धानसँगै  काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.