सञ्चारकर्मी विष्णुमाया पौडेलको तीज गीत ‘ए दिदी ए बैना’ चर्चामा

काठमाडौं । सञ्चारकर्मी विष्णुमाया पौडेलको तीजगीत ‘ए दिदी ए बैना’ यतिखेर चर्चामा छ । तीज पर्व २०८१ को पुर्वार्धमा सार्वजनिक गरिएको गीतले दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

काठमाडौंको पिक स्टुडियोमा स्वारांकन गरिएको गीतमा गायिका विष्णुमाया पौडेल, राधिका चौलागाईं र हेमन्ता भट्टराईको आवाज भरिएको छ । रचनाकार आरबी केसीले उक्त गीतमा शब्द भरेका हुन् ।

गीतमा तीजमा दिदीबहिनी भेटघाट गर्ने, असाध्यै खुसी हुने र आपसमा रमाइलो साट्ने विषयलाई समावेश गर्ने जमर्को गरिएको छ । गीतको एरेन्ज दिनेश राजवाहकले गरेका हुन् ।

तीज गीत ‘ए दिदी ए बैना’को दृश्य छायांकन स्वयं आरबी केसीले गरेका हुन् । लाइमलाइट नेपालको पोस्ट प्रडक्सनमा तयार भएको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन र हिम्मत चाइसिरले सह-सम्पादन गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगर स्थित सरस्वती मन्दिरको प्राङ्गणमा गीत छायाँकन गरिएको हो ।  उक्त गीतको भिडियो विष्णुमाया पौडेल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियो हेर्नको लागि प्ले बटनमा क्लिक गर्नुहोस्ः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.