देवी प्रतिभालाई गृहनगरमा सम्मान गरिने

बनेपा । कथा वाचनमा उत्कृष्ट प्रस्तुति दिँदै नेपाल, भारत लगायत विश्वमा नै ख्याति कमाउन सफल देवी प्रतिभा (प्रतिभा पराजुली) लाई गृहनगर मण्डनदेउपुर नगरपालिकाले सम्मान गर्ने भएको छ ।

उनी मण्डनदेउपुर नगरपालिका वडा नं.१० (साविक चण्डेनी गाविस) मा जन्मिएकी हुन् । आध्यात्मिक साधना, चिन्तन तथा अध्ययनबाट दिक्षित भइ भारतको वृन्दावनमा बस्दै आएकी देवी प्रतिभा नेपालको धार्मिक दूतको रुपमा निःशुल्क काम गरिरहेकी छिन् । सँगै भारतका तीर्थस्थलको बारेमा नेपालमा समेत प्रचार गर्ने गरेकी छिन् । भने नेपालको धार्मिक स्थलको बारेमा भारतमा समेत प्रचार गर्दै आएकी छन् ।

देवी प्रतिभालाई गृहनगरले २०८१ साउन १३ गते आइतबार सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । सम्मानको कार्यक्रममा सम्पूर्ण नगरबासीहरूलाई उपस्थित भइदिन गृहनगर मण्डनदेउपुरले आह्वान गरेको छ ।

कार्यक्रम मण्डनदेउपुर नगर सभाको हलमा आयोजना गरिने मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.