छोरालाई बचाउन आफ्नो कलेजो दान दिदै पिता

अबोध बालकको ज्यान बचाइदिन अपिल

मण्डनदेउपुर । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ स्थायी घर भएका ९ वर्षिय आरुष श्रेष्ठ जन्मदेखि नै इएचबिए रोगबाट ग्रसित छन् । एकदमै कम मानिसमा देखापर्ने यस प्रकारको रोगले ग्रसित भएपछि उपचारको क्रममा भारत पुगेपछि झण्डै ३ महिनापछि मात्रै रोगको पहिचान भएको थियो । बालकको इमर्जेन्सी शल्यक्रिया पश्चात ज्यान बचेको थियो । तर कलेजो निकै नै खराब भइसकेकाले २ महिना लगातार औषधोपचारसँगै अस्पतालको बसाईबाट घर फर्किएको थियो । त्यससँगै प्रत्येक महिना भारतकै अस्पतालमा फलोअप जानुपर्ने, प्रत्येक दिन औषधि सेवन गर्नुपर्ने भइरहेको थियो ।
यसरी उपचार गर्दा समेत आरुष ६ महिना वर्ष दिनमा बिरामी भइरहन्थे । हरेक वर्षमा १–२ पटक नाक, मुख र मलद्वारबाट समेत रगत बग्ने समस्या भइरहन्थ्यो र तत्कालै अस्पताल भर्ना गरेर आन्द्रामा ब्यान्डिंग गरेर अस्थाई रूपमा रोकथामको उपचार परिवारले भरथेग गरिरहेको जानकारी दिएको छ । विद्यमान स्वास्थ्य समस्याकाबिच आरुषको कलेजो पूरै फेल भएकाले डाक्टरले यथाशीघ्र फेर्न सुझाव दिएका छन् ।
भारतको अस्पतामा महँगो उपचार खर्चकाबिच कलेजो प्रत्यारोपणको कार्य सम्भवन भएन । त्यसैले आरुषको भक्तपुर स्थित “शहिद धर्मभक्त प्रत्यारोपन केन्द्र” अस्पतालमा चेकजाँच गरेर यही उपचार गर्ने परिवारले बताएको छ । आरुषका पिता सुमन श्रेष्ठका अनुसार बालकको उपचारको क्रममा ४० लाख भन्दा धेरै रकम खर्च भइसकेको छ । अहिलेसम्म ऋण, धन गरि उपचार गरिरहेकोमा अब सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी समक्ष सहयोगको लागि आह्वान गरेका छन् । कलेजो प्रत्यारोपण गर्नका लागि ३० लाख रुपैया जति खर्च लाग्ने भएकोले रकम जोहो गरेर तयारी हुन डाक्टरको सुझाव रहेको छ ।
बाबु आमाहरुले आफ्नो बच्चालाई मेरो मुटु मेरो कलेजोको टुक्रा भनेको सुनेको थिए, त्यो साच्चै रहेछ, आज म छोराको जीवन बचाउनको लागि आफ्नो कलेजो काटेर दिन तयार भए सुमनले भने । जन्मेदेखि निरन्तर उपचार गरिरहनु पर्दा पहिले नै धेरै खर्च भई सक्यो अब फेरी एकैपटक तत्काल ३० लाख रूपैयाँ जोहो गर्न गाह्रो भएको छ । अप्रेशन गरेर कलेजो प्रत्यारोपण गरेपछि निरन्तर औषधी खानु पर्ने बताइएको छ । त्यसैले सबैसंग सहयोगको याचना गरेर हात फैलाउनु परेको बालकका पिता सुमन बताउँछन् ।
देश विदेशमा रहनु हुने सम्पुर्ण प्रिय नेपाली आमा बुबा दाजुभाइ दिदिबहिनीहरु तथा मनकारी परोपकारी सहयोगी हातहरुमा अवोध बालकको नयाँ जीवनको निमित्त सकेजति साथ सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछु सुमनले भने । यहाँहरुको अमुल्य साथ, सहयोग र सपोर्टको निम्ति जीवनभर ऋणी हुने छु । पिता सुमनले भनेका छन् । ९ बर्षसम्म आफ्नो सम्पत्ति बेचेर र साथीभाई ईष्टमित्रको सहयोगमा उपचार गराएपनि पुनः उपचारमा ठूलो धन राशी खर्च हुने भएपछि सहयोगी दातालाई सहयोगको लागि आह्वान गरेका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.