सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ स्थित शिर मेमोरियल अस्पतालको आइसियुमा तोडफोड भएको छ । अस्पतालमा उपचाररत एक सुत्करीको ज्यान गएपछि पीडितका आफन्तले आइसियुमा ताडफोड गरेका हुन् ।

साउन ९ गतेदेखि बनेपा न.पा. ३ नालाकी ३२ वर्षीया इश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् ।

हिजो शुक्रबार दिउँसो उनको दिउँसो १२ः२५ बजे नर्मल डेलिभरीमार्फत छोरा जन्माएकी थिइन् । यद्यपी सुत्केरी भएपछि उनको अवस्था गम्भीर बनेको थियो । रक्तश्राव धेरै भएसँगै उनको पाठेघरको शल्यक्रिया समेत गरिएको थियो ।

अप्रेसनपछि आइसियुमा राखेर उपचार भइरहेकोमा गएराती सवा ११ बजे उनका आफन्तहरुले आइसियुमा तोडफोड गरेका थिए । घटनाको केही समयपछि डाक्टरहरुले रातको ११ः५५ बजे सुन्दाशलाई मृत घोषणा गरेका थिए ।

सुन्दाशको मृत्यु भएपछि पीडित पक्ष र अस्पतालबीच राती नै वार्ता प्रयास भएको थियो । वार्तामा सहमति जुट्न नसकेपछि आज फेरि वार्ता हुने सहमति भएको काभ्रे प्रहरीले जानकारी दिएको छ । यसअघि काभ्रेकै धुलिखेल अस्पतालमा सुत्केरी र नवजात शिशुको ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.