बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीहरुलाई क्षमता विकास तालिम

काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम प्रदान गरेको छ ।  सुरक्षा सहयोगीहरुको क्षमता विकास कर्मचारीहरूको क्षमता दक्षता विकास गर्ने उद्धेश्यले ३ दिने तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष कैलाश केसीले समुद्घाटन गर्नुभएको तालिममा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरु तथा पर्यवेक्षकको रुपमा सेवाकेन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको संयोजक राजु सिग्देल र उपाध्यक्ष रामचन्द महतको समेत उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष केसीले सहभागीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा प्रमाणपत्र वितरण सहित तालिमको समापन गर्नुभएको थियो ।

तालिम कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश संयोजक मोहन थापाले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.