नेपाल निर्माण उधोग परिषद बाग्मती प्रदेशको दोश्रो अधिवेसन तथा साधारण सभा हुँदै

काठमाण्डौं । नेकपा एमाले सम्वद्द भातृ संगठन नेपाल निर्माण उधोग परिषद बाग्मती प्रदेशको दोश्रो अधिवेशन तथा साधारण सभा यहि मिति २०८१ भाद्र ११ गते हुने भएको छ । सभा काठमाण्डौ स्थित सिदार्थ कटेज, तिनकुनेमा हुने भएको हो ।

अधिवेशनमा नेपाल निर्माण उधोग परिषदका अध्यक्ष खोपनिधि लोहनीको प्रमुख आतिथ्यतामा र नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलास ढुङ्गेलको विशेष आतिथ्यतामा हुन लागेको हो । उक्त अधिवेशनका  लागी बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रत्येक प्रदेश निर्वाचन क्षेत्रवाट १ जना अधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष वा अध्यक्षले तोकेको १ जना, प्रदेश कार्य समिति सवै र सल्लाहकार सवै अधिवेशन प्रतिनिधि हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.