राधाकृष्ण मन्दिरको उद्घाटन

सुनकोशी । सुनकोशी गाउँपालिका वडा नम्बर २ ठोकर्पा स्थित राधाकृष्ण मन्दिरको उद्घाटन भएको छ । नव निर्मित मन्दिर सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले उद्घाटनगरेका हुन । श्री कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो ।

कार्यक्रमको अध्यक्षता राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष रोशन न्यौपानेले गरेका थिए भने कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर २ का अध्यक्ष पुर्ण बहादुर महत रहेका थिए ।

मन्दिर उद्घाटन कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा मन्दिर निर्माणार्थ सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । मन्दिर निर्माणार्थ देश बिदेश बाट सहयोग समेत प्राप्त भएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.