नेपाल निर्माण उद्योग परिषद बागमती प्रदेशमा राजेश गौतमको नेतृत्व

काठमाडौं । नेकपा एमाले सम्वद्द भातृ संगठन नेपाल निर्माण उधोग परिषद बागमती प्रदेशको दोश्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सभा काठमाण्डौ स्थित सिदार्थ कटेज तिनकुनेमा भएको थियो । सभाबाट निर्माण व्यवसायी राजेश गौतमको नेतृत्वमा २३ सदस्यीय कमिटी गठन भएको छ ।

सभाले अध्यक्षमा राजेश गौतम, वरिस्ठ उपाध्यक्षमा छिरिङ दोर्जे तामाङ, प्रथम उपाध्यक्षमा रमेस उदास, द्वितिय उपाध्यक्षमा शिवलाल ढकाल, महासचिवमा रामकुमार पाण्डे,  नितिगत उपमहासचिव अशोक लामिछाने, आन्तरिक उपमहासचिव प्रदिप श्रेष्ठ, कोषाध्यक्ष प्रदिप गौतम, सह कोषाध्यक्ष रमेश थापा
निर्वाचित गरेको हो ।

सभाको अध्यक्षता बागमती प्रदेश संयोजक पुस्कल न्यौपानेले गरेका थिए । कार्यक्रम नेपाल उधोग तथा व्यवसाय महासंघका केन्द्रिय संयोजक भागिरथ तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल,  विशेष अतिथि नेपाल निर्माण उधोग परिषद अध्यक्ष खोपनिधि लोहनीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल निर्माण उधोग परिषदका सल्लाहकार एवं पूर्व मन्त्री चन्द्र लामा, नेपाल निर्माण उधोग परिषदका सल्लाहकार एवं कोशी प्रदेश मन्त्री बुद्दि कुमार राजभण्डारीको विशेष अतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल निर्माण उधोग परिषदका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सल्लाहकारहरु, केन्द्रिय सदस्यहरु, नेकपा एमाले पाटी कमिटिका नेताहरुको उपस्थिति रहेको थियो । अधिवेशनका  लागी बागमती प्रदेश अन्तर्गतका १३ जिल्लावाट ८१ जना प्रतिनिधि उपस्थित भएका थिए ।

जिल्ला प्रत्येक प्रदेश निर्वाचन क्षेत्रवाट १ जना अधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष वा अध्यक्षले तोकेको १ जना, प्रदेश कार्य समिति सवै र सल्लाहकार सवै अधिवेशन प्रतिनिधि हुने रहने प्रावधान रहेको छ । कार्यक्रमको सहजीकरण नेपाल निर्माण उद्योग परिषदका सचिव तथा बागमती प्रदेश इन्चार्ज  सुरेन्द्र पाठकले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.