नेपाल निर्माण उधोग परिषदको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशन हुँदै

काठमाण्डौं । नेकपा एमाले सम्वद्द भातृ संगठन नेपाल निर्माण उधोग परिषदको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशन हुने भएको छ । सभा भाद्र १५ र १६ गते ललितपुर स्थित सिदार्थ कटेज, धोवीघाटमा हुने भएको हो ।

अधिवेशन तथा सभालाई कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री एंव पार्टी अध्यक्ष के. पी. शर्मा ओलीले सम्बोधन गर्ने भएका छन । कार्यक्रममा विशेष अतिथिका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, स्थायी कमिटि सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा रहने जनाइएको छ ।

अधिवेशनका लागी ७७ जिल्लाका प्रत्येक संघिय निर्वाचन क्षेत्रवाट १ जना अधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष वा अध्यक्षले तोकेको १ जना, जिल्ला कार्यसमितिबाट १ जना, प्रत्येक प्रदेश कार्यसमितिवाट ५ जना, केन्द्रिय कार्यसमिति सवै र सल्लाहकार सवै अधिवेशन प्रतिनिधि हुने आयोजकले जानकारी दिएको छ ।

परिषद्ले प्रकशित गरेको स्मारिका सभामा बिमोचन गरिने नेपाल निर्माण उधोग परिषदका केन्द्रिय अध्यक्ष खोपनिधि लोहनीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.