ज्ञानकुञ्जमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

बनेपा । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ १५ गते शनिबार भव्य रुपमा नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम तथा मनसुन फेसट कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको थियो । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि भईरहेको प्रतिष्ठानले जनाएको छ ।  विद्यार्थीहरुले यस कार्यक्रमबाट पुनर्ताजगी उत्प्रेरित र मनोरञ्जन प्राप्त गरेको र यसबाट थप हौसला बढेको अनुभव सुनाए ।

प्रतिष्ठानले विद्यार्थीहरुबाट कुनै आर्थिक रकम नलिई यति ठूलो कार्यक्रम गरेकोमा धन्यबाद समेत दिएका थिए ।

विद्यालय स्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न अति आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा नेतृत्व गर्ने कलामा निखारता आएको बताइएको छ ।

कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन एवं  स्वागत मन्तव्य प्रबन्ध निर्देशक प्रताप वैद्यले राख्नुभएको थियो । सहायक कलेज प्रमुख नवराज चौलागाईले यस संस्थामा आवद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक तथा यस्ता क्रियाकलापहरुको चरणवद्ध रुपमा सञ्चालन गरिने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा कक्षा ११ देखि स्नातकोत्तर तह सम्मका विद्यार्थीहरुको उल्लासमय उपस्थित रहेको थियो । ३ चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरण अन्र्तगत औपचारिक कार्यक्रम रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  सुरकृष्ण वैद्य,  व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाले  टिका र खादाद्वारा विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो ।

 काभ्रे जिल्लामा पहिलो पटक छुटै तरिकाले स्वागत तथा मनसुन फेष्ट कार्यक्रम गरिएको थियो । सोहि कार्यक्रममा बिगत लामो समय देखि कार्यरत शिक्षकहरु ई.अनुप भुजु र जयराज देउजालाई बिदाई गरेको थियो । दोस्रो चरण प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तो किसिमको कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी वृत्ति विकासको निमित्त महत्वपूर्ण भूमिका रहने विद्यार्थीहरूले बताएका थिए ।

अन्त्यमा खाजा सहित भव्य तथा सभ्य मनसुन फेस्ट कार्यक्रम राखिएको थियो । जसमा सयाौँ विद्यार्थी र शिक्षक, शिक्षिकाहरुसहभागि भएका थिए । विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक, सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै जाने  प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.