पत्रकार नवराज बजगाईलाई खेल जगतको सम्मान

काठमाडौं । अग्रज सञ्चारकर्मी नवराज बजगाई एकै दिन दुई पटक सम्मानित भएका छन । शनिबार साप फल्चा बबरमहल काठमाडौंमा आयोजित कार्यक्रममा खेलक्षेत्रको तर्फबाट र मिरावल रिसोर्ट धुलिखेलमा आयोजित एक अर्को कार्यक्रममा गरी एकै दिन दुई पटक सम्मानित भएका हुन ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको शनिबार काठमाडौंमा आयोजित तेश्रो महाधिवेशनको अवसरमा पत्रकार बजगाईलाई खेल क्षेत्रमा योगदान पु¥याए बापत सम्मान गरीएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पत्रकार बजगाईलाई अध्यक्ष पाण्डे, प्रमुख सल्लाहकार डा. चुडादेव सिं लामा, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक भिम ढकाललगायतले दोसल्ला र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो । सम्मान–पत्रमा–विगत लामो समयदेखि निरन्तर पत्रकारीता र समाज सेवाको माध्यमबाट यहाँले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदान अतुलनिय छ । आफ्नो आवाज र कलम समाजप्रति सर्मपित गर्दै समृद्ध नेपाल निर्माणमा खेल्नु भएको भुमिका महत्व पूर्ण छ । साथै सामाजिक कार्य र समाज सेवामा तपाईले पु¥याउनु भएको योगदान झनै उत्कृष्ट रहेको छ । पत्रकारिता मार्फत खेलको क्षेत्रको विकासमा यहाँले गर्नुभएको मायासमेतको उच्च प्रशंसा गर्दै तपाईलाई नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो महाधिवेशनको अवसरमा यो सम्मान अर्पण गर्दछौ । साथै यहाँको उज्वल भविष्यको कामना सहित आगामी दिनमा पनि सामाजिक कार्य निरन्तरताको कामना गर्दछौं ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाई पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका छन ।

सोहि दिन नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले आयोजना गरेको तिज बिशेष कार्यक्रममा पनि पत्रकार नवराज बजगाईलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकारीता र समाज सेवाको माध्यमबाट बजगाईले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोख्रेलले जानकारी दिनु भयो ।

यहि भदौ १ गते थाईल्याण्डको राजधानी बैंङ्ककमा नेपालको तर्फबाट पहिलो पटक भएको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा समेत बजगाईलाई सम्मान गरिएको थियो । यसअघि पनि बिभिन्न संघ संस्थाबाट धेरै पटक सम्मानित भै सकेका पत्रकार बजगाईको स्थायी ठेगाना काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, रहेको छ । पत्रकार बजगाईं सामाजिक कार्यहरूमा समेत सक्रियता जनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.