‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरि एक साथ ४ विजेता छानिए

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । हिजो बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिताबाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।

छैटौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै मैदानमा उत्रिए पछि नतिजा जे पनि हुन सक्छ नजिते पनि केहि कुरा सिक्छु भनेर अगाडि बढन सबै बालबालिकाहरु लाई अनुरोध गर्नु भएको थियो ।

गौतमले स्टेज चढनु नै सफलता प्राप्त गर्नु रहेको बताउदै कार्यक्रमले बालबालिकाको क्षमता बिकास, व्यक्तित्व बिकासमा, अध्यन अध्यापनमा ठुलो मदत पुग्ने बताउनु भयो।

लाइट, साउड सिस्टम, स्टेज अन्तर्राष्ट्रिय प्रतियोगिताको तरिकाले बनाइएको थियो । कार्यक्रममा सबै बालबालिकाको अभिभावकले ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ को प्रशनसा गरेका थिए । अन्तरास्ट्रिय स्तरमा गरिने कार्यक्रम काभ्रे जिल्लाको बनेपामा हुनु काभ्रे बासिको लागि गौरवको बिषय रहेको छ।

प्रतियोगितामा विशेष थापा जुनियर केटा तर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शीर्ष उपाधि रुबोना मानन्धरले हात पारिन् । त्यस्तै सिनियर केटातर्फ सुब्रत खड्का र सिनियर केटीतर्फ एड्रिना बम्जन शीर्ष बिजेता घोषित भए ।

कार्यक्रममा जुनियर केटातर्फ फष्ट रनर अप एल्यक्स तामाङ ब्लोन र सेकेन्ड रनर अप रिह्याज कायस्थ घोषित हुँदा जुनियर केटीतर्फ होइसर तामाङ फष्ट रनर अप र बेबिना शाक्य सेकेन्ड रनरअप भए ।

त्यस्तै सिनियर केटातर्फ पृथक जङ थापा फष्ट रनर अप, बिनित राज केसि सेकेन्ड रनर अप घोषित हुँदा सिनियर केटीतर्फ परिसा केसी फष्ट रनर अप र सजनी तिवारी सेकेन्ड रनर अप भए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा सबिना प्रजापति प्रिन्सिपल (किडस क्यास्टल ), बिजय सिह मुस्याजु सेकेण्डरी इन्चार्ज ( बेलर इन्टरनेशनल एकेडेमी) अशोक पाण्डे निर्देशक-प्रिन्सिपल (शेमरक निस्ट वर्ल्ड स्कूल), लभ कार्की प्रमुख कार्यकारी निर्माता Media 9 (WOW & Business 360 Magazine), निलिमा मास्के श्रेष्ठ गितकार तथा कवियत्री लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

प्रतियोगीको अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षण सहित फाइनल प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् । शीर्ष उपाधी जित्ने बिजेताहरु लाई विभिन्न अवसरहरु प्रदान गरिने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.