विद्युत सर्ट भइ आगलागी हुँदा २० लाख माथिको क्षति

चौरीदेउराली । चौरीदेउराली गाउँपालिका वडा नं.५ रैकर स्थित हरि चौलागाईंले सञ्चालन गर्नुभएको कुखुरा फार्ममा विद्युत्त सर्ट भई आगलागी हुँदा २० लाख माथिको क्षति भएको फार्म सञ्चालक चौलागाईंले काभ्रेपोष्टलाई बताए ।

आज बिहान ७ः०० बजे अचानक विद्युत्त सर्ट भई आगो लाग्दा अन्डा दिने लेयर्स जातका २ हजार कुखुरा जलेर नष्ट भएको चौलागाईंले जानकारी दिए । केही कुखुराको उद्दार गरिएको भएतापनि आगोले पोलेका कारण कुखुरा भटाभट मर्न थालेको चौलागाईंले बताए । कुखुरा फार्म, कुखुराको दाना र कुखुरा पूर्ण रुपमा जलेर नष्ट हुँदा २० लाख भन्दा माथिको क्षति पुगेको चौलागाईको भनाई छ ।

स्थानीय बासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएपनि कुखुरा फार्म बचाउन नसकिएको चौरीदेउराली गाउँपालिका ५ नंं वडाध्यक्ष कृष्ण प्रसाद गौतमले बताए । व्यवसायी चौलागाईं बिश्रान्ति पार्टी प्यालेस बानेश्वरका सञ्चालक समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.