जिल्ला सहकारी संघ काभ्रेमा नयाँ नेतृत्व निर्वाचित

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनका अमन पोटे श्रेष्ठ १९० मत सहित विजयी भएका हुन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार राजन शाक्यले ४१ मतान्तरले पराजित हुने पुगे । शाक्यले १४९ मत प्राप्त गरेका हुन् ।

चुनावी प्रक्रियामा सहभागी हुन नेकपा एमाले विरुद्ध नेपाल काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरि दलगत रुपमै चुनावी प्रक्रियामा होमिएका थिए ।

महिला उपाध्यक्षको पदमा गठबन्धनबाट मिरा सत्याल १७२ मत सहित विजयी हुदाँ एमाले तर्फका उम्मेदवार राधिका दाहाल घिमिरेले १५३ मत प्राप्त गरिन् । उपाध्यक्ष खुल्ला तर्फ गठबन्धनबाट शान्ति लामा तामाङ १७० मतसहित विजयी हुँदा एमालेका उम्मेदवार ठाकुरनाथ अधिकारीले १६४ मत प्राप्त गर्न सफल भए ।

सचिव पदमा एमालेका उम्मेदवार प्रकाश बञ्जारा विजयी भएका छन् । बञ्जाराले १८६ मत प्राप्त गरि विजयी हुँदा गठबन्धनका उम्मेदवार यदुनाथ हुमेगाँईले १४९ मत प्राप्त गर्न सफल भए ।

कोषाध्यक्षमा गठबन्धनबाट अर्जुन प्रसाद सापकोटाले  १७६ मत लयाई बिजयी हुँदा हुँदा एमालेका उम्मेदवार हिमाली श्रेष्ठलाई १६० मत प्राप्त भएको छ ।

त्यस्तै सञ्चालक समिति सदस्यमा गठबन्धनबाट पूर्ण सागर रंजित (१८०), मोहन कुमार श्रेष्ठ (१६१), अम्बिका तिमल्सिना (१७५) र जगन्नाथ श्रेष्ठ (१६४) मत ल्याएर विजयी भए ।

एमालेबाट रोशन कुमार श्रेष्ठ (१६०) मत ल्याएर विजयी हुँदा गठबन्धनका सुदर्शन अधिकारी र एमालेका उम्मेदवार बलराम मानन्धरले बराबर (१५४/१५४) मत प्राप्त गरे ।

गठबन्धनबाट महिला सञ्चालनक सदस्यामा देवकी तिमल्सिना दाहाल निर्विरोध निर्वाचित हुने सफल भइन ।

लेखा सुपरिवेक्षण समिति संयोजकमा गठबन्धनका उम्मेदवार डिल्ली प्रसाद आचार्य (१५६) मत सहित विजयी हुँदा एमालेका उम्मेदवार गणेश प्रसाद भट्टराईले (१४१) मत प्राप्त गर्नुभएको छ । लेखा सुपरिवेक्षण समिति खुल्ला सदस्यमा गठबन्धनका पवन राज कर्णजित (१६४) मत सहित विजयी भए । एमालेका उम्मेदवार प्रेम नाथ शर्मा कोईरालाले (१३१) मत प्राप्त गर्नुभएको छ ।

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकमा आवद्द मतदान गर्न योग्य ३४६ सहकारी संस्थाहरू मध्ये जम्मा सदस्य ३४३ संस्थाका प्रतिनिधिहरु मतदानमा सहभागि भएका थिए । दलगत रुपमा प्यानल बनाएर सहकारी क्षेत्रको नेतृत्वमा आएतापनि जिल्ला सहकारी संघ काभ्रेलाई थप सुदृढीकरण गर्न र यसलाई उन्नत रुपले अगाडि बढाउनुपर्ने सरोकारवालाहरूको माग रहेको छ । साथै नव निर्वाचित पदाधिकारीहरूले पनि सहकारीको छाता संघमा सिकेको ज्ञान, सिप, अनुभव, क्षमताको प्रयोग गर्दै आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.