संविधानको सही कार्यान्वयन राजनीतिक नेतृत्वबाट हुन जरुरी

मुलुकले नयाँ संविधान प्राप्त गरेको एक दशक हुँदै गर्दा र संविधान दिवस मनाइ रहँदा आम राजनीतिक दलहरुप्रति सर्वसाधारण जनतामा खासै उत्साह देखिदैन । नयाँ जारी भएको संविधानले १० औं संविधान दिवस मनाइ रहँदा यसमा आवश्यक संशोधन गर्नुपर्ने आवाज सत्तासीत दुई ठुला राजनीतिक दल कांग्रेस, एमालेका शीर्ष नेताले उठाउँदै आएका छन् ।

२०४७ सालमा जारी भएको संविधान मुलुक र राष्ट्रको हितमा नभएको भन्दै माओवादी सशस्त्र युद्ध एवं द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आएसँगै दलहरुको एकतामा भएको २०६२÷६३ को जनआन्दोलन पश्चात राजाबाट नियन्त्रित संविधान २०४७ को अन्त्य संगै अन्तरिम संविधान २०६३ जारी भयो। अहिले संविधानसभा मार्फत जारी भएको नेपालको संविधान २०७२ पनि परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक हुन थालेका छन् । मुलतः संविधानको पालना र प्रयोग राजनीतिक नेतृत्व अनि सरकारमा सहभागि दलहरुले गर्नुपर्ने हो । संविधानको सही प्रयोगबाट मुलकुलाई समृद्ध र सुशासनतर्फ डो¥याउने काम सरकारको हो । तर संविधानको मुल मर्म र भावना विपरित दलिय स्वार्थ अनुरुप व्याख्या र प्रयोग हुँदा दोष भने संविधानलाई दिने गरेको देखिन्छ ।

नेपालमा पहिलो संविधान २००४ साल, दोस्रो २००७ साल, २०४६ सालको जनआन्दोलन पश्चात नेपालको संविधान २०४७ जारी भयो । २०६२÷०६३ को आन्दोलन पश्चात २०६३ सकालमा अन्तरिम संविधान जारी भयो । देशमा बदलिदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै द्वन्द्वरत पक्ष माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधान सभा मार्फत नेपालको संविधान २०७२ जारी भएको थियो । नयाँ संविधान जारी पश्चात मुलुकमा २ वटा आम निर्वाचन सम्पन्न भई सकेका छन् । तर संविधानको मर्म अनुरुप काम गर्न अक्षम हाम्रा बहुदलवादी राजनीतिक दल र तिनका नेतृत्व संविधानको सफल कार्यान्वयनमा भने चुक्दै आएका छन् ।

संविधान फेरेर मात्र देशको मुहार फेरिने होइन । संविधान एउटा अनुशासनमा बाध्ने लिखित दस्तावेज हो । जसको परिपालना हामी राजनीतिक दल र तिनका नेतृत्वले गर्न सक्यौँ वा सकेनौँ त्यो मुख्य प्रश्न हो । संविधान परिवर्तन र संशोधनले मात्र आम जनताका आकांक्षा परिपूर्ति गर्न सक्दैन । राज्य सञ्चालन र नेतृत्व गर्नेहरुले संविधानले प्रत्याभूत गरेका नागरिकका लागि गाँस, बाँस र कपास साथै भयरहित वातावरपणमा लोकतन्त्रले प्रत्याभूत गरेका अधिकारको संरक्षण गर्न सक्नुपर्दछ । संविधानमा कोरिएका अक्षरहरु फेर्दैमा आम नेपालीहरुको भाग्यमा काँचुली फेरिने पक्कै छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.