आभाष साकोसको १५ औं बार्षिक साधारण सभा सम्पन्न, ग्रुबिन तौजलेको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्विरोध

बनेपा । बनेपा नगरपालिका वडा नम्बर ८ स्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले असोज २ गते पनौती, असोज ४ गते नमोबुद्ध र असोज ५ गते बनेपामा साधारण सभा गरेको हो ।

संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षता एवं बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संस्थाको प्रमुख सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको विशेष आतिथ्यतामा बनेपामा सम्पन्न भएको हो।
साधारण सभामा अध्यक्ष कायष्ठले संस्थाले नाफालाई मात्र नहेरी समाजप्रतिको उत्तर दायित्व महशुस गरी २०७४ सालबाट छोरी अभियान सञ्चालन गरेको बताए ।
संस्थाले स्वस्थ र समुन्नत समाज तथा लैगिंक समानता हासिल गर्नको लागि प्रयास गर्दै आएको उनको भनाई छ । संस्थाले छोरी कार्यक्रम अन्तर्गत प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीहरुलाई १० हजार प्रदान गर्दै आएको छ ।

त्यसैगरी संस्थाले सदस्यहरुको स्वास्थ्य उपचारको लागि सदस्यहरुकै आर्थिक सहभागितामा आभाष सदस्य सुरक्षा कार्यक्रम लागू गरेको छ ।

संस्थाको कारोबारलाई छिटोछरितो बनाउन प्रविधिको प्रयोग गरिएको र दक्ष कर्मचारीबाट सदस्यहरुलाई सेवा प्रवाह हुँदै आएको अध्यक्ष कायस्ठले बताए ।
संस्थाका सचिव प्रकाश कायष्ठले वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए । उनले संस्थाले प्रदान गर्ने वस्तु तथा सेवा, बचत तथा ऋण लगानी, सदस्य सुरक्षा कार्यक्रम, समुह गठन र मोबाइल बैंकिङका बारेमा सदस्यलाई जानकारी गराए ।
संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधानले गत आर्थिक वर्ष २०८०।८१ को आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । त्यसैगरी शेयरपुँजी ३ करोड ७६ लाख ६३, बचत संकलन ७२ करोड ७३ लाख४६ हजार ६ सय ९६र ऋण लगानी ६२करोड ४१ लाख १४ हजार तीन सय १६ गरेको सभालाई उनले जानकारी दिए ।

संस्थाको प्रतिवेदन अनुसार गत आ।व।मा ५६ लाख ७० हजार ३ सय २८ खुद मुनाफा आर्जन भएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा २ करोड ६३ लाख ४४ हजार ५ सय ६२ र जोखिम व्यहोर्ने कोषमा ३ करोड २८ लाख ३५ हजर २ सय ९६ पुगेको छ ।

संस्थाले ४७ वटा महिला समुह गठन गरेको छ भने उनीहरुका लागि सीपमूलक तालिमका साथै स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । संस्थाले दुईवटा सेवा केन्द्र र मुख्य कार्यालयबाट सदस्यहरुलाई सेवा दिँदै आएको सस्थाको प्रमुख कार्यकारी अधिकृत सुवास बैधले जानकारी दिए।
त्यसैगरी संस्थाले सदस्यहरुको स्वास्थ्य उपचारको लागि सदस्यहरुकै आर्थिक सहभागितामा आभाष सदस्य सुरक्षा कार्यक्रम लागू गरेको छ । गत आर्थिक वर्षमा उक्त कार्यक्रम अन्तर्गत ११९ जना सदस्यहरुलाई विभिन्न रोगको उपचार लागि ८ लाख ४६ हजार प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाले संचालक समितिमा ग्रुवेन तौजलेको अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश कायश्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रजिंत रहेका छन् । संचालक सदस्यहरुमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक विकास बैद्य र सदस्यहरुमा सरोजकाजी पलाञ्चोके र हिरामणी शर्मा तिमल्सिना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.