बनेपामा थ्री डि डिजाइन, रोबोटिक्स, भिएफ एक्स र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कार्यक्रम हुँदै

बनेपा । बनेपा स्थित Dreams Animation Academy &Studios को आयोजना र बनेपा नगरपालिकाको प्रस्तुतिमा एक दिने सम्मेलन र प्रदर्शनी कार्यक्रम हुने भएको छ । भोलि असोज ११ गते 3D Innovation Unleashed कार्यक्रम हुने भएको छ ।
आयोजकका अनुसार कार्यक्रम अरनिको पार्टी प्यालेस बनेपामा हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा 3D डिजाइन, रोबोटिक्स, VFX र Artificial Intelligence लगायतका विषयमा प्रदर्शनी, छलफल हुनेछ । बनेपामा रहनुभएका जो कसैले पनि निशुल्क रुपमा सहभागिता जनाउन सकिने आयोजकले जानकारी दिएको छ ।
यसले नयाँ प्रविधिमा रुचि राख्ने विद्यार्थी, पेशाकर्मी एवं प्रविधिप्रेमीलाई लाभ मिल्ने र यस विषयमा सिक्न चाहने इच्छुकलाई सिक्नका लागि परामर्श समेत प्रदान गरिने ड्रिम्स एनिमेसन एण्ड स्टुडियोको बनेपाका प्रमुख कार्यकारी अधिकृत मनिष देउलाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, ड्रिम्स एकेडेमीका सञ्चालक विक्रम मानन्धर, सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न प्राविधिक प्रस्तुतिहरू, प्रदर्शनीहरू र कार्यशालाहरू हुनेछन् । जसले सहभागी अवलोकनकर्तालाई विभिन्न अत्याधुनिक प्रविधिहरूसँग परिचय गराई यस सम्बन्धी सिप सिक्न वा यसको प्रयोग गरि आफ्नो योजना र कार्यलाई गुणस्तरिय र प्रभावकारी बनाउन महत्वपूर्ण हुने आयोजकको दाबी छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.