इक्यान काभ्रेको अध्यक्षमा भुवन रायमाझी निर्विरोध

धुलिखेल । नेपाल शैक्षिक परामर्श संघ इक्यान काभ्रेपलाञ्चोकको प्रथम साधारणसभा एवं अधिवेशन सम्पन्न भएको छ । धुलिखेलमा सम्पन्न प्रथम साधारणसभा एवं अधिवेशनले भुवन रायमाझीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा शर्मिला तिमल्सिना, सचिवमा बालकृष्ण न्यौपाने र कोषाध्यक्षमा अशोक तिमल्सिना निर्वाचित भएका छन् । सदस्यहरुमा मनोज अधिकारी, श्यामहरि रम्तेल र आशिष लामा निर्वाचित भएका छन् ।

कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दीपक कुमार गौतमको प्रमुख आतिथ्यता र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा समन्वय प्रमुख गौतमले विदेश जाने विद्यार्थीलाई नेपाल चिनाउन र नेपालको पर्यटनमा भुमिका खेल्ने वातावरण बनाइदिन इक्यानलाई आग्रह गर्नुभएको थियो । हाल नेपालमा धेरैजसो विद्यार्थीहरु विदेश जान मन पराउने गरेकाले स्वदेशमै विद्यार्थीहरुले पढ्दै कमाउँदै र रमाउँदै को अवधारणा नभएसम्म धेरै विद्यार्थीहरु विदेशिने बताउनुभयो ।

कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, विभिन्न केन्द्रिय पदाधिकारीहरु, शैक्षिक परामर्शदाताहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम इक्यानका केन्द्रीय महासचिव दिपकराज भुसालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.