नेपाल राष्ट्रिय तामाङ घेदुङको केन्द्रीय सदस्यमा समाजसेवी सुजन लामा मनोनित

पोर्तुगल । तामाङ समाज पोर्तुगलका निवर्तमान अध्यक्ष,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका उपाध्यक्ष एवं दर्जनौं संघसंस्थामा आवद्ध व्यक्तित्व समाजसेवी सुजन लामालाई नेपाल राष्ट्रिय तामाङ घेदुङले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय अध्यक्ष वीरबहादुर योञ्जनले तामाङ समाज पोर्तुगलका निवर्तमान अध्यक्ष लामालाई प्रवासमा रहेर पनि तामाङ समुदायको उत्थान,जागरणको लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.