तामाङ बौद्ध सेवा समिति पोखराको ३७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

कास्की । पोखरा म.न.पा.वडा नं.१३ संगम टोलमा शनिबार तामाङ बौद्ध सेवा समितिको ३७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ।

पोखराबाट पत्रकार खिमा गुरुङकानुसार सो वार्षिक साधारण सभा तथा अधिवेशनले विष्णु योञ्जन तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसहमत निर्विरोध निर्वाचित भएको बताएकी छिन् ।

 

 

समितिको उपाध्यक्षमा अमर तामाङ,सचिव शान्ति तामाङ,सहसचिव बुद्धिमाया तामाङ,कोषाध्यक्ष हर्क सुबा नेगी,सदस्यहरु बोसबहादुर पाख्रिन,शेरबहादुर स्याङबो,लिला तामाङ,आसबहादुर स्याङबो,चित्रबहादुर थिङ,धनराज डिम्डुङ,तिर्थमाया लामा, रामबहादुर लोप्चन र डिलप्रसाद तामाङ निर्वाचित हुनु भएको छ ।

 

 

गण्डकी प्रदेश सभा सांसद एवं प्रमुख अतिथि राजकुमारी भुजेलले दीप प्रज्वलन गरि उदघाटन गर्नुहुँदै,आदिवासी जनजातिहरु हरेक कुराले समृद्ध भएता पनि देशको प्रशासनिक क्षेत्रमा पहुँच पुर्याउन भने पछाडि नै रहेको वास्तविकता प्रस्ट्याउनु हुँदैं, तामाङ बौद्ध सेवा समितिमा चुनिनु हुने नयाँ समितिको नेतृत्वले अब यो समाज मात्र होइन, राजनीतिमा पनि होमिएर देश हाँक्ने हिम्मत राखोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

 

 

सो साधारण सभा तथा अधिवेशनमा नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक वाईबा, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्की सचिव मीनमाया तामाङ,बुद्ध जयन्ती समारोह समिति कास्की अध्यक्ष टेकबहादुर तामाङ,समितिका सल्लाहकार ताम्बा ना.सु.रामप्रसाद सम्देन,घेदुङ महाननगर पोखरा सचिव अञ्जना डुम्जन,तामाङ बौद्ध सेवा समिति प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो,बुद्धिबहादुर रुम्बा,आमा समूह अध्यक्ष सीता सम्देन लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

समितिकी सचिव पवित्रा तामाङले समितिको वार्षिक कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष बुद्धि तामाङले आ.व.२०८०/०८१को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको र सो प्रतिवेदन भेलाले अनुमोदन गरेको थियो।

समितिको वार्षिक साधारण सभा तथा अधिवेशनमा शेरजङ लामाले स्वागत मन्तव्य र सचिव पवित्रा तामाङले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.