वाग्मती सफाइ महाअभियानको ५९५ औं शृङ्खला सम्पन्न

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार निरन्तर संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार तिलगंगा आँखा अस्पताल वाग्मती नदि किनारमा ५९५ औं शृङ्खला सम्पन्न गरेको छ ।

अभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाभियानमा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,रेडियो नेपालका पूर्व निर्देशक इन्जिनियर रामशरण कार्की,वडा सदस्य टेकराज अधिकारी,तिलगंगा महिला समूह संयोजक आशा पाण्डे,कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियान संयोजक चित्रकुमार सुनुवार,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,स्थानीय वासिन्दाहरुको सहभागितामा एक मेट्रीक टन फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.