नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन सम्पन्न

कतार । नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन”तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण”भन्ने मुल नाराकासाथ शुक्रबार कतार ग्राण्ड प्लाजास्थित वेलफेयर रेष्टुरेण्टको सभा हलमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष डि.एन.मगरको प्रमुख आतिथ्यमा,गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका उपाध्यक्ष केशब कार्कीको विशेष आतिथ्यमा,विभिन्न संघसंस्थाहरुका अध्यक्षहरुको आतिथ्यमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्षमा पुन:सुवास पाख्रीन तामाङको अध्यक्षतामा, प्रथम उपाध्यक्ष आशिष मोक्तान,द्धितिय उपाध्यक्ष मोईराम तामाङ,महासचिव श्री पाख्रीन,सचिव चित्र लामा,कोषाध्यक्ष गणेश रुम्बा,सहकोषाध्यक्ष भीम मम्बा रहेका छन् ।

कार्यसमितिका सदस्यहरु क्रमशः सुकमान तामाङ(कुमार ओख्रेली),माया घिसिङ,सञ्जय पाख्रीन,सरला स्याङतान,पेमा रुम्बा,रुपेश ब्लोन,राजन स्याङतान,तुलबहादुर तामाङ,वीरबहादुर मोक्तान,मुनाल ब्लेन्थेन तामाङलाई निर्विरोध निर्वाचित भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.