प्रहरीको बाढी र पहिरो पीडित लक्षित स्वास्थ्य शिविर

बनेपा । नेपाल प्रहरी अस्पताल महाराजगंजको आयोजनामा बाढी र पहिरो पीडितलाई लक्षित १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रा.प्र.ना.म.नि. डा. सञ्जय बिक्रम श्रेष्ठको कमाण्डमा आएको स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोक जिल्लाको दुई स्थानमा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार असोज २१ गते बिहान ९:४५ बजेदेखि दिउँसो १:४० बजेसम्म बेथानचोक गाउँपालिका वडा नम्बर ४ स्थित चलालमा रहेको गणेश आधारभूत विद्यालयमा शिविर सञ्चालन गरेको थियो ।

त्यस्तै पनौती नगरपालिका वडा नं. १० स्थित खोपासी मयलबोटमा दिउँसो ३:०० बजेदेखि ५:४० बजेको समयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको काभ्रे प्रहरीले जानकारी दिएको छ।

शिविरबाट २१३ जना लाभान्वित भएका छन् । जसमध्ये ११७ जना महिला र ९६ जना पुरुष लाभान्वित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.