प्रभा कल्याणकारी संस्था २०५२ (एस एल सी ब्याच २०५२) बिधिवत दर्ता

चौरीदेउराली। श्री प्रभा मा.वि.चौरीदेउराली- ६ कात्तिके देउरालीबाट २०५२ सालको एस एल सी उतिर्ण ब्याच २०५२ ले ” प्रभा कल्याणकारी संस्था- २०५२ संस्था बिधिवत दर्ता गरेको छ। सामाजिक काम गर्ने उद्देश्यले दर्ता न. ०१- ०८१-०८२ सहित संस्था बिधिवत दर्ता गरिएको अध्यक्ष एकनाथ गौतमले जानकारी दिनुभयो।

चौरीदेउराली गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि बिधेयक २०७९ को दफा ४ को उपदफा (३) बमोजिम संस्था दर्ता भएको अध्यक्ष गौतमले बताए। संस्थाको उदेश्य बमोजिम संस्थाका गतिविधिहरु संचालन हुने अध्यक्ष गौतमले जानकारी दिए।

चौरीदेउराली गाउँपालिका- ६ वडा अध्यक्ष किशोर राज गिरीले सामाजिक सेवा भाव राखेर प्रभा मा.वि.मा अध्ययन गर्नुभएका एस एल सी ब्याच २०५२ का मित्रहरुले संस्था दर्ता गरेर स्वास्थ्य, शिक्षा, कृषि , जेष्ठ नागरिक, बिपन्न बर्गका मानिसलाई सेवा भाव राख्ने उदेश्यका साथ गाउँ फर्कनु भएकोमा खुशी व्यक्त गर्नुभयो ।

चौरीदेउराली गाउँपालिका- ६ वडा कार्यालयको भवनमा १ कोठा ५ वर्षको लागि निशुल्क संस्थाको कार्यालय संचालनका लागि उपलब्ध गराउने सहमती पत्रमा संस्थाको तर्फबाट अध्यक्ष एकनाथ गौतम र वडा अध्यक्ष किशोर राज गिरीले हस्ताक्षर गर्नुभएको छ। संस्थाले छिट्टै एक कार्यक्रम सहित संस्थाको कार्यालय उदघाटन बिपन्न बर्गका बालबालिकाका लागि छात्रवृत्ति, स्टेसनरी सहितको सामाजिक उत्तरदायित्वको कार्यक्रम संचालन गरिने संस्थाका महासचिव दीपक प्रसाद चौलागाईंले बताउनुभयो। संस्थाले दर्ता हुनु अगावै संस्थामा आवद्ध सदस्यहरुको सहयोगमा शिक्षक बालदिप राज गिरी बचाऔ अभियान अन्तरगत रु ४३ हजार ६ सय ४० नगद उपचारका लागि सहयोग गरिसकेको छ। एस एल सी ब्याच २०५२ मा १०० जना भन्दा बढी सहभागी भएको भएता पनि २८ वर्ष पछि आएर साथीहरू संगठित भई संस्था दर्ता गरेका हुन।

बिधानत संस्थाको अध्यक्ष एकनाथ गौतम, उपाध्यक्ष रमिला पुरी, महासचिव दीपक प्रसाद चौलागाईं, सचिव रमेश गौतम, कोषाध्यक्ष बृहस्पती गौतम रहनुभएको छ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रमिला चौलागाईं, रेनुका ढकाल (गौतम), कमलराज तामाङ, प्रकाश लामा, रामशरण पन्त र तेज प्रसाद चौलागाईं रहनुभएको छ।

संस्थाको सल्लाहकार समितिमा ई. टंक प्रसाद गौतम, केशव प्रसाद चौलागाईं, नारायण ढुंगाना,विपिन घिसिङ, बस्ती लामा रहनुभएको छ।

हाल संस्थामा ३२ जना सदस्यले शुल्क बुझाई आवद्ध रहनुभएको छ भने बाँकी साथीहरू सहभागी हुने क्रममा रहेको महासचिव चौलागाईंले बताउनु भयो। संस्थाको सामाजिक संजाल पेजमा ६५ जना भन्दा बढी एस एल सी ब्याच २०५२ का साथीहरू जोडिईसक्नु भएको महासचिव चौलागाईंले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.