बालकुमारी, भ्याङलेका १०९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न

नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं.५ बालकुमारी,भ्याङलेस्थित श्री कल्याण माद्यमिक विद्यालयमा अध्ययनरत तामाङ,दलित,ब्राह्मण,क्षेत्री समुदायका १०९ जना विद्यार्थीहरुलाई लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको आयोजनामा विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन र गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन,नेपाल तामाङ समाज जापानका केन्द्रीय उपाध्यक्ष तेजबहादुर थिङ र तामाङ समाज युएईका उपाध्यक्ष वेत्त घिसिङ तामाङको व्यक्तिगत आर्थिक सहयोगमा वडाध्यक्ष मइतबहादुर तामाङको प्रमुख आतिथ्यमा”स्टेशनरी सामग्री वितरण”समारोह सम्पन्न भएको छ ।

लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंका प्रबन्ध निर्देशक श्याम तामाङकानुसार यसै आर्थिक वर्ष ०८१/०८२ भित्रमा ललितपुर,काठमाडौं, काभ्रे, सिन्धुली, मकवानपुर, नुवाकोट, धादिङ, गुल्मी,पाल्पा र रुकुम पश्चिम जिल्लाको विकट ठाउँमा रहेका ५० वटा सामुदायिक(सरकारी) विद्यालयमा अध्ययनरत २ हजार ८१ जना विद्यार्थीलाई ट्र्याकसुट,झोला र १ हजार ५ सय जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्ने क्रममा आज शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र तामाङको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि एवं वडाध्यक्ष मइतबहादुर तामाङले विद्यार्थीहरुलाई कपि,डटपेन,पेन्सिल,इरेजर,कटर,स्केल लगायतका शैक्षिक सामग्री वितरण गरिएको र पूर्वघोषित विद्यालयमध्ये ललितपुर,काभ्रे,मकवानपुर र नुवाकोटका चार जिल्लाका गरि ९ वटा विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको जनाएका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदधिकारी,प्र.अ.अमृतमान श्रेष्ठ, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षक पुजा ग्लान तामाङ र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.