नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक भएको छ ।

काठमाडौंको सुन्धारा स्थित धरहराको काखमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएल ट्रफी सार्वजनिक गरेका हुन् ।

 

ट्रफी सार्वजनिक कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, क्यान पदाधिकारीसँगै खेलाडीहरूको उपस्थिति रहेको थियो ।

 

एनपिएलको पहिलो संस्करण यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । खेलको प्रत्यक्ष प्रशारणका लागि क्यानले भारतीय खेलकुद टेलिभिजन स्टार स्पोर्टससँग सम्झौता गरेको छ ।

 

खेलमा नेपालका ८ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा पहिलो पटक हुन लागेको यस खेलले नेपाल र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र अघि बढ्न मद्धत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.