वेथेगल टोल विकास समितिको चौंथो वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित वेथेगल टोल विकास समितिको चौंथो वार्षिक साधारण सभा तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।

समितिकी अध्यक्ष निर्मला क्षेत्रीको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि एवं गोदावरी नगरपालिका मेयर महर्जनले समितिको विभिन्न कार्यहरुमा उल्लेखनीय योगदान पुर्याउनु हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,ठेचो वेथेगलका रविन क्षेत्री,रकि महर्जन, दीपककुमार थापा, निर्मला क्षेत्री, गणबहादुर दर्लामीमगर,सानू माली, सानुबाबु(बिजेन) महर्जन, मानकुमारी लिम्बू, रवीन्द्र महर्जन, ओमभक्त महर्जन,देव महर्जन,गोविन्द पुन मगर,चक्रबहादुर महर्जन,गणेश शाही ठकुरी,आजीवन सदस्यहरु विमला राई र मंगला श्रेष्ठलाई सम्मान पत्रद्धारा सम्मान गर्नु भएको थियो ।

 

समितिका उपाध्यक्ष टेकरनाथ तिमल्सिनाले स्वागत मन्तव्य,सुनिता वाईबा तामाङद्धारा कार्यक्रम संचालन गरिएको गरिएको कार्यक्रममा वडा सदस्य अशेष महर्जन, ज्येष्ठ नागरिक चौतारी अध्यक्ष बालकृष्ण थापामगर, सल्लाहकारहरु, पदाधिकारी, सक्रिय, साधारण सदस्यहरु एवं टोलवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

वार्षिक साधारण सभाले आगामी कार्य कालका लागि पुन: निर्विरोध निर्मला क्षेत्रीको अध्यक्षतामा उपाध्यक्ष टेकरनाथ तिमल्सिना, सचिव श्यामकाजी बस्नेत, कोषाध्यक्ष नवीन लामा, सदस्यहरु क्रमशः सुनिल थापा, मनोज पोखरेल, वर्षा श्रेष्ठ, दीपेश राई, मंगला श्रेष्ठ रहेको कार्यसमिति सर्वसहमत निर्वाचित भएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.