खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा मादक पदार्थ सेवन गरी आफ्नै आमालाई चिरपट प्रहार गर्ने तथा गाउँ प्रहरीलाई चुप्पी प्रहार गरी घाइते बनाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फागुन १८ गते साँझ करिब ५ बजे, खानिखोला गाउँपालिका–५ निवासी २८ वर्षिय विकास भुजेलले मादक पदार्थ सेवन गरी आफ्नी ५० वर्षीया आमा सुनमाया भुजेलमाथि चिरपट प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, तालढुङ्गा पुर्याइएको र उनको अवस्था मध्यम रहेको काभ्रे प्रहरीले जनाएको छ ।
भुजेलले गाउँपालिकाको गेटअगाडि खटिएका खानिखोला गाउँपालिकामा कार्यरत गाउँ प्रहरी ३० वर्षीय पाल्साङ लामामाथि चुप्पी प्रहार गरेका छन् । छाती र ढाडको बायाँपट्टि चोट लागेका लामालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताइएको छ ।
घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ ।
घटनापछि चुप्पीसहित पक्राउ परेका विकास भुजेलमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
Leave a Reply